१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

यूनाईटेड अस्पतालको आईसीयू सेवा विस्तारका लागि शिलान्यास



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा ४ ठाकुरापुरमा रहेको यूनाईटेड नेशनल अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै आईसीयू सेवा शुभारम्भका लागि नयाँ भवनको निर्माण कार्य तीव्र रूपमा अघि बढाएको छ। लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले एक विशेष समारोहमा आईसीयू सेवाका लागि भवनको शिलान्यास गर्नु भएको हो। शिलान्यास कार्यक्रमा उपस्थित अतिथिहरूले अस्पतालको यस पहललाई स्वागत गरेका छन्।

अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यका अनुसार, अस्पतालले आधुनिक भवनका साथ अत्याधुनिक उपकरण, आईसीयू भेन्टिलेटर र अन्य सुविधाहरू सहितको सेवा छिटो प्रारम्भ गर्ने लक्ष्य राखेको छ। यसले क्षेत्रका बिरामीहरूको स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। अस्पताले विभिन्न अपरेशन सेवा, विशेषज्ञ सेवा, दैनिक स्वास्थ्य जाँच र उपचार, विशेषज्ञ शिविरहरु संचालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१ शुक्रबार ००:००  ७ : ०९ बजे