१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

वाणगङ्गाको चारनम्बरमा अत्याधुनिक फिटनेश क्लव सञ्चालनमा



वाणगङ्गा ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका चारनम्बरमा अत्याधुनिक टुईल फिटनेश क्लव औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय युवा शिशिर अधिकारीले यो क्लबको स्थापना गरेका हुन् । जहाँ दक्ष र अनुभवी प्रशिक्षकहरूको समूहले सेवाहरू प्रदान गर्ने बताइएकाे छ। अत्याधुनिक उपकरणहरू र तालिम पद्धतिहरूको समायोजन गरिएको यो क्लबले स्थानीय युवाहरूलाई स्वास्थ्य र फिटनेसको क्षेत्रमा आकर्षित गर्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय जिम र फिटनेस क्लबहरू युवापुस्तामा लोकप्रिय बनिरहेका छन्। युवतीहरूमा एरोबिक र पुरुषहरूमा जिमले व्यापक रुचि पाएको छ। फिटनेसलाई स्वास्थ्य र फेसनको अभिन्न अङ्गको रूपमा स्वीकार्ने प्रचलन बढ्दो छ। बोडी बिल्डर कृष्ण श्रेष्ठले पनि यसलाई स्वस्थ जीवनशैलीमा महत्त्वपूर्ण परिवर्तनको रूपमा हेरिएको बताए। उनले भने, शारीरिक सुन्दरता र तन्दुरुस्तीले मानिसको पहिचानमा प्रत्यक्ष प्रभाव पार्छ। सरल उपाय भनेकै व्यायाम हो, जसले स्वास्थ्यलाई मात्र नभई अनुशासन र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ।
उद्‌घाटन कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेश बहादुर क्षेत्रीले पनि क्लबको प्रशंसा गरे। उनले भने, युवा पुस्तालाई स्वास्थ्यप्रति सचेत बनाउन यो जिम क्लब एक महत्वपूर्ण प्रयास हो। सङ्घ सधैँ युवाहरूको हितमा क्रियाशील रहनेछ। यो किसिमको सुविधा सम्पन्न फिटनेश क्लव नयाँ हो र यसले सवैको मन जित्ने अध्यक्ष क्षेत्रीले बताए ।

विशेषगरी युवा पुस्तामा शारीरिक र मानसिक तन्दुरुस्तीका लागि यस्तो क्लबको महत्व झन् बढ्दै गएको छ। फिटनेस क्लबले अनुशासन, स्वस्थ जीवनशैली र मानसिक शान्तिलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको छ। युवा व्यवसायी रजनिश आचार्यले यस क्षेत्रमा संचालनमा आएको फिटनेश क्लवमा ठुलो लगानी रहेकाले यसको मापदण्ड समेत पुरा भएकोले सवै युवा युवतीलाई आकर्षित गर्ने बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८१ बिहिबार ००:००  १० : २२ बजे