१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एकीकृत समाजवादी कपिलवस्तुले भन्यो-अवसरवाद विरुद्ध डटेर लाग्छौं



कपिलवस्तु ।

नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको समीक्षा बैठक बिहीबार सम्पन्न भएको छ ।

जिल्लाको बाणगङ्गास्थित जितपुर चारनम्बरमा बसेको बैठकले पार्टीमा अवसरवाद चरम रुपमा मौल्याएको भन्दै त्यसको डटेर सामना गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकमा बोल्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य अहमद अब्दुल रउफले समाजवादीलाई निस्तेजपारे ठूलै युद्ध जितेको ठान्ने प्रवृत्ति बढेको भन्दै त्यस प्रति सचेत बन्नुपर्नेमा जोड दिए ।
ुएकीकृत समाजवादीलाई निस्तेज पारे युद्धै जितिन्छ भन्ने प्रवृत्ति केपी ओलीका अनुयायीहरुमा देखिएको छ, केन्द्रीय सदस्य रउफले भनेु, ुयस्तो राजनीतिले कसैको जित हुँदैन । यस्ता सोच हटाऔँ ।ु

बिद्रोह पश्चात पार्टी निर्माण भएको कारण आफूहरु हिड्ने बाटाहरु स्वभाविक रुपमा सहज नभएको बताए । आफूहरु अफ्ठ्यारा बाटाबाटै अगाडि बढेको बताउँदै अहिले नै निरास र हतोत्साहित हुन नहुनेमा उनले जोड दिए ।

कपिलवस्तुको पार्टी एकताबद्ध भएको भएपनि नेतृत्वमा पुगेका सिमित व्यक्तिमा निरासा, कुण्ठा मात्र देखिएको कारण सोचे जस्तो पार्टीको काम हुन नसकेको उनले स्विकार गरे ।

साथै उनले कम्युनिस्ट पार्टी बिचारले मात्र मजबुत बन्ने भन्दै पार्टीको राष्ट्रिय महाधिवेशनले पास गरेको समाजवाद सम्बन्धि बिचारलाई आम जनतासामु लैजानुपर्नेमा जोड दिएका छन् ।

समाजवादीका जिल्ला उपसचिव राम पौडेलको अध्यक्षतामा बसेको बैठकमा पार्टी जिल्ला सचिवालय सदस्य दिपक पन्थी, डिल्लिराज अर्याल, जेपी खनाल, यदुराम पौडेल लगायतले बोल्दै जिल्लामा पार्टी बिस्तारलाई तिब्र बनाउँदै जानुपर्नेमा जोड दिए ।

बैठकमा आउँदै गरेका बदादशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८१ बिहिबार ००:००  ४ : १५ बजे