१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

रोशीखोलाको सडक डाइभर्सन गरी खुलाइयो



काठमाडौं ।

बिपी राजमार्गअन्तर्गत सबैभन्दा बढी क्षति पुगेको रोशी खोला सडक डाइभर्सन गरी सडक खुलाइएको छ। सडक डिभिजन खाल्टेका सूचना अधिकारी प्रदीप तामाङले उक्त खोलाको पानी डाइभर्सन गरी सडक खुलाइएको जानकारी दिए।

बाढीले उक्त सडक खण्डको रोशी खोला किनारको करिब २ किलोमिटर बाढीले बगाएको थियो। उक्त सडक खुलिसकेको छ। सडक डिभिजन खाल्टेका सूचना अधिकारी तामाङका अनुसार घोप्चो भन्ने स्थानको पनि बाटो खुलिसकेको छ।

‘हामी रोशी खोलाको डाइभर्सन गरी सडक खुलाएपछि हामी अघि बढ्दै छौँ,दशैँअघि नै बिपी राजमार्ग खुलाउने गरी तीव्र रूपमा काम भइरहेको छ,’उनले भने। उनका अनुसार बाढी पहिरोले बगाएको चौकी डाँडा सडकमा पनि डाइभर्सन गरी खुलाउने कार्य भइरहेको छ। दशैँमा गाउँ जानेहरूको सहजतालाई मध्यनजर गर्दै छिटो सडक खुलाउन रातिसम्म काम भइरहेको छ।

प्रकाशित मिति : १७ आश्विन २०८१ बिहिबार ००:००  १२ : ०३ बजे