१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कपिलवस्तुमा भोलिदेखि अन्तरपालिका क्रिकेट प्रतियोगिता हुने



कपिलवस्तु ।

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलवस्तुले असोज १७ गते अर्थात भोलिदेखि अन्तरपालिका ‘नकाउट क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ हाम्रो सरोकार’ भन्ने मुल नारासहित क्रिकेट प्रतियोगिता गर्न लागिएको अध्यक्ष कमल क्षेत्रीले बताए । खेल हरेक दिन विहान ११ बजेदेखि तौलिहवास्थित बुद्धपद्मा माविको खेल मैदानमा हुने छ ।
जिल्ला भारका १० टोलीले सहभागिता जनाएको खेल १२ ओभरमा हुने छ भने फाईनल खेल १६ ओभरमा खेलाइने संयोजक कार्कीले जानकारी दिए । १९ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको प्रतियोगिताका संयोजक कार्कीले जनाए ।
अध्यक्ष क्षेत्रीले प्रतियोगिता सफल पार्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

विजयी टोलीले ४० र उपविजेता टोलीले २० हजार, शिल्ड मिडेल र प्रमाण पत्र पाउने क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०८१ बुधबार ००:००  ७ : १८ बजे