२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

बाढी पहिरोमा अहिलेसम्म २२८ जनाको मृत्यु, २८ जना अझै बेपत्ता



काठमाडौं ।

हालैको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।

प्रकाशित मिति : १६ आश्विन २०८१ बुधबार ००:००  ७ : ५९ बजे