१५ आश्विन २०८१, मंगलबार | Tue Oct 1 2024

गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु



गुल्मी ।
गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गुल्मीको जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ्ग निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले बताए ।

मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् ।

सोमवार करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१ मंगलबार ००:००  १० : ५६ बजे