१५ आश्विन २०८१, मंगलबार | Tue Oct 1 2024

दाउन्नेमा एकतर्फी एकतर्फी सडक खुल्यो



नवलपरासी ।
गए राति सडक भासिएर अवरुद्ध रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा अहिले बिहान साढे ८ बजेदेखि एकतर्फी रूपमा यातायातका साधन चल्न थालेका छन् ।

इलाका प्रहरी कार्यालय बर्दघाटका सञ्चार शाखाका कमल थापाका अनुसार साना गाडी र मोटरसाइकलको आउजाउ सुरु भएको छ ।

धेरै लामो जाम भएका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ । दाउन्नेको खुर्सानीखोलामा सडक भासिँदा र पहिरो खसेर यातायात अवरुद्ध भएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८१ मंगलबार ००:००  १० : २७ बजे