१५ आश्विन २०८१, मंगलबार | Tue Oct 1 2024

शिवराज नगरपालिकाद्धारा चन्द्रौटा बजार अनुगमन



मायादेवी अनलाइन, शिवराज ।

कपिलवस्तुको शिवराज नगरपालिकाले चाड पर्व लक्षित बजार अनुगमन गरेको छ । दशै , तिहार लगाएतका चाडपर्व नजिकिए सँगै नगरपालिकाले नगरको प्रमुख बजार चन्द्रौटामा अनुगमन गरेको हो । बजारका औषधी, किराना, होटल तथा मिठाई पसलको अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनुभयो ।

अनुगमनको क्रममा बिभिन्न पसलबाट म्याद नाघेका सामान बरामद गरिएको पौडेलले बताउनुभयो । कागजपत्र नभएका तथा नविकरण नभएका पसलहरुलाई यथासिघ्र दर्ता , नविकरण गर्न निर्देशन दिएको बताउनुभयो ।

होटलहरुको किचनमा अत्यन्तै फोहोर पाइएकाले सुधारको लागि एक हप्ताको समय दिएको अनुगमन अधिकृत बिपिन खनालले बताउनुभएको छ । अनुगमनमा वडा न ५ का अध्यक्ष नेत्र बेल्बासे, स्वास्थ्य प्रमुख चुरामणि भट्टराई, अधिकृत लक्ष्मि कडेल, ईलाका प्रशासनका गोबिन्द अधिकारी, प्रहरी, पत्रकार, उधोग बाणिज्य संघ र ब्यापार संघका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१ मंगलबार ००:००  ८ : ३९ बजे