१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कपिलवस्तुको शिवराजमा ‘मेयर-उपमेयर उच्च शिक्षा सहयोग छात्रवृत्ति’ घोषणा



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराजमा ‘मेयर-उपमेयर उच्च शिक्षा सहयोग छात्रवृत्ति’ घोषणा गरिएको छ ।

आर्थिक बर्ष २०८१/०८२ को नीति र कार्यक्रममा समावेश गरी बजेट समेत विनियोजन गरिएको छ ।

नगरमा उच्च शिक्षा अध्ययन गर्ने चाहाना भएका तर आर्थिक अभावका कारण त्यो सपना पुरा गर्न नपाएका अति विपन्न विद्यार्थीलाई उक्त छात्रवृत्ति सहयोग हुनेछ ।

नगर प्रमुख थापाका अनुसार यसको लागि कार्यविधी पास भइसकेको छ भने केही दिनभित्रै आवेदन खुलाउने तयारी छ ।

नगरपालिकाका अनुसार स्नातक तहमा सधारण तर्फ ३१ जनालाई वार्षिक २० हजार, चिकित्साशास्त्र र इन्जिनियरिङ्ग बिषय तर्फ २ जनालाई वार्षिक ४५ हजार अन्य प्राविधिक धार बिषय तर्फ ३ जनालाई वार्षिक ३० हजारको दरले त्यो छात्रवृत्ति दिने कार्यविधि पारित भएको नगरप्रमुख थापाले जानकारी दिए ।

यो छात्रवृत्ति पाउन विद्यार्थीहरुले अब नगरले प्रकाशन गर्ने सुचनाको आधारमा आवेदन दिन सक्ने छन् । आवेदकहरुमध्येबाट गरिब, विपन्न र जेहेन्दारका आधारबाट छात्रवृत्ति पाउने विद्यार्थीको नाम सार्वजनिक गरिने नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

यो कार्यक्रममार्फत् अति गरिब र विपन्न परिवारका विद्यार्थीको डाक्टर, इञ्जिनियर, प्राविधिक धारका विषय बन्ने सपना पुरा हुने अपेक्षा गरेको नगर उपप्रमुख शिव कुमारी थारुको विश्वास छ ।

शिवराजमा ‘सबैको लागि शिक्षा कार्यक्रम’लाई कडाइका साथ पालना गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१ सोमबार ००:००  २ : २५ बजे