१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्रधानमन्त्री ओली अमेरिका भ्रमण सकेर आज स्वदेश फर्किंदै



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए ।

त्यहाँ पुगेलगत्तै विभिन्न छलफलमा भाग लिएका ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा उनले साइडलाइन वार्तासमेत गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८१ सोमबार ००:००  ७ : ४१ बजे