१३ आश्विन २०८१, आइतबार | Sun Sep 29 2024

बाढी पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुग्यो, ६७ जना बेपत्ता



काठमाण्डौ ।

वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाले ज्यान गुमाएको तथ्याङ्क छ । ६७ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँचरपाँच जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुईरदुई जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एकरएक जनाले ज्यान गुमाएको पछिल्लो विवरण छ ।

प्रभावित क्षेत्रमा झन्डै १० हजार सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १३ आश्विन २०८१ आइतबार ००:००  ९ : ०४ बजे