१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नेकपा एमाले वाणगंगा १ वडा कमिटीको वैठक सम्पन्न



बैरिया ।

नेकपा एमाले वाणगंगा वडा न. १ को वडा कमिटीको वैठक आज विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । वडा अधिवेशन पश्चात् नयाँ नेतृत्व चयन भएपछि वडा कमिटीको पहिलो बैठक नगर पार्टी कार्यालय बैरियामा सम्पन्न भएको हो ।
वैठक वडा कमिटी अध्यक्ष खगेश्वर अधिकारीको अध्यक्षता, जिल्ला कमिटी उपाध्यक्ष शंकर पाण्डेको प्रमुख आतिथ्यता र वडा इन्चार्ज जिल्ला कमिटी सदस्य उमानाथ पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । वैठकले वडा कमिटीका पदाधिकारी र सदस्यको जिम्मेवारी सहितको कार्यविभाजन वाँडफाँड गरेको छ ।

वैठकमा प्रमुख अतिथी जिल्ला उपाध्यक्ष शंकर पाण्डेले संगठन निर्माण, विकास निर्माणका गतिविधी र पार्टीको अभियानलाई टोल तहसम्म पुरयाउन सवैलाई आग्रह गर्नुभयो । उपाध्यक्ष पाण्डेले जिल्ला, नगर र वडा कमिटीले संगठन निर्माणमा ध्यान दिएकाले वैठकका निर्णय कार्यान्वयन गर्न सोही अनुसार कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । वैठकमा वडा इन्चार्ज उमानाथ पौडेलले कमिटीलाई सकृय बनाउनुपर्नेमा जाेड दिदै जनताको काममा पार्टी कमिटी परिचालित हुनुपर्ने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष खगेश्वर अधिकारीले पार्टी नेतृत्वको सल्लाह र सुझाब अनुसार कमिटीले काम गर्ने बताउनुभयो ।

वैठकले नियमित मासिक वैठक, नयाँ सदस्यता विस्तार, नबीकरण, सचिवालय गठन र रिक्त सदस्य मनोनित लगाएतका विषयमा निर्णय गरेको वडा कमिटी सचिव सन्ताेष गैरेले जानकारी दिनुभयो । वैठकमा जिल्ला सल्लाहकार घनश्याम घिमिरे, प्रेस चौतारी प्रदेश सचिव हरि अधिकारी, नगर कमिटि सदस्यहरु कृष्ण बिक, केशव भुसाल, सशांक पौडेल लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८१ शनिबार ००:००  ७ : ३७ बजे