११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट साकिबले लिए सन्न्यास



एजेन्सी ।
बंगलादेशका अलराउन्डर साकिब अल हसनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

साकिबले भारतविरुद्ध कानपुरमा हुने दोस्रो टेस्टको अघिल्लो दिन क्रिकेटको सानो संरचनाबाट सन्न्यासको घोषणा गरेका हुन् ।

यस्तै, साकिबले आगामी महिना दक्षिण अफ्रिकाविरुद्ध मिरपुरमा हुने टेस्ट शृंखलापछि टेस्ट क्रिकेटबाट सन्न्यास लिने चाहनासमेत व्यक्त गरे ।

३७ वर्षीय अनुभवी अलराउन्डर साकिबले १२९ अन्तर्राष्ट्रिय खेलमा बंगलादेशको प्रतिनिधित्व गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१ शुक्रबार ००:००  ६ : ४७ बजे