१० आश्विन २०८१, बिहिबार | Thu Sep 26 2024

बाणगंगाकी सविता सुनार सम्पर्कविहिन, खोजीका लागि अपिल



बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ८ मधुवनीकी एक महिला सम्पर्कबिहिन भएकी छन् । बुधबार २२ बर्षीया सविता सुनार छोरीलाई स्कुलमा लिन भनि घरबाट हिडेकी थिइन् ।

तर सविता बाणगंगा नगरपालिका ८ पुलचोकमा रहेको भूपु सैनिक स्कुल नै नपुगी वेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई देख्ने जो कोहीले नजिकको प्रहरी कार्यालयमा खबर गरि खोजी कार्यमा सहयोग गर्न परिवारले अपिल गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१ बिहिबार ००:००  ९ : ०३ बजे