१० आश्विन २०८१, बिहिबार | Thu Sep 26 2024

सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्धार



विराटनगर ।

सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेको बसबाट २० जनालाई उद्धार गरेर उपचारका लागि पठाइएको जानकारी दिए ।

विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियो ।
तीव्र गतिमा रहेको बस साझ ६ बजे चिप्लिएर नदीमा खसेको थियो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । नदीमा खसेको बस निकाल्ने प्रयास भइरहेको एसपी रेग्मीले बताए ।

प्रकाशित मिति : १० आश्विन २०८१ बिहिबार ००:००  ८ : २७ बजे