१० आश्विन २०८१, बिहिबार | Thu Sep 26 2024

आर्सनल र लिभरपुल फराकिलो जितसहित चौथो चरणमा



काठमाडौं ।
प्रिमियर लिग क्लबद्वय आर्सनल र लिभरपुल फराकिलो अन्तरको जित निकाल्दै इंग्लिस क्लबको चौथो चरणमा प्रवेश गरेको छ ।

आर्सनलले तेस्रो चरणमा तेस्रो श्रेणीको क्लब बोल्टन वान्डर्सलाई ५–१ ले पराजित गरेको हो ।

आर्सनलका लाथि एथान नवानेरीले दुई तथा डेक्लान राइस, रहिम स्टर्लिङ र काभ हाभार्टले एक–एक गोल गरे ।

बोल्टनका आरोन जोन कोलिन्सले एक गोल फर्काए ।

यस्तै अर्को खेलमा लिभरपुलले प्रिमियर लिगकै वेष्टहम युनाइटेडलाई ५–१ ले नै हरायो । लिभरपुलका लागि डिएगो जोटा र कोडी गाक्पोले २–२ गोल गर्दा मोहमद सालाहले एक गोल गरे ।

लिग कपको चौथो चरणको ड्र पनि गएराति नै सार्वजनिक भएको छ ।

चौथो चरणमा अब लिभरपुलले ब्राइटनको भ्रमण गर्नेछ । यस्तै आर्सनलले प्रेस्टनसँग खेल्नेछ भने प्रिमियर लिगका दुई क्लब म्यानचेष्टर सिटी र टोटनहम चौथो चरणमै भिड्नेछन् ।

म्यानचेष्टर युनाइटेडले लेस्टरसँग प्रतिस्पर्धा गर्नेछन् । चेल्सीले विम्बलडन र न्युकासलबीचको विजेतासँग चौथो चरणमा खेल्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०८१ बिहिबार ००:००  ११ : ०८ बजे