९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्नुपर्ने प्रहरीको माग



काठमाडौँ ।

प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप गर्न अदालतमा उपस्थित गराएको छ । साइबर ब्युरोले उनलाई थप ७ दिन हिरासतमा राख्नु अनुमति मागेको छ ।

असोज ६ मा प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको थियो । उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेर अदालतमा पेस गरिएको साइबर ब्युरोका एक जना अधिकृतले ताए ।

प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल विरुद्ध पक्राउ अनुमति जारी भएको छ । युट्युब मार्फत प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिला र अर्का एक नजा पुरुषको चरित्रहत्या गरेको आरोप छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१ बुधबार ००:००  ६ : ११ बजे