९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै



काठमाडौं ।

भुटानमा जारी साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

यसअघिका दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने अवस्था छ ।

भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अंक जोडेका छन् । गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१ बुधबार ००:००  ९ : २० बजे