९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

छोराको कुटपिटबाट बुवाको मृत्यु



सिरहा ।

सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । औरही गाउँपालिका(३ खजनपुर टोलकम ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए ।

गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राति ११ः४० बजे बाटोमै मृत्यु भएको डिएसपी सापकोटाले बताए ।

कुटपिट लगत्तै प्रहरी चौकी औरहीबाट गएको टोलीले छोरा शैलेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ। मृतक भालेश्वर यादवको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ ।

पक्राउ परेका छोरा शैलेन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१ बुधबार ००:००  ९ : १३ बजे