९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

देशका धेरै स्थानमा वर्षा, भोलि र पर्सि नदीहरूमा बाढीको जोखिम



काठमाण्डौ ।

भोलि र पर्सि देशभरका नदीमा पानीको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नारायणी, बाग्मती, कमला, कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ ।

यस्तै भोलि र पर्सि कोशी, मधेश, बाग्मती र कर्णाली प्रदेशमा आकस्मिक बहावको मध्यम जोखिम रहेको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा भने आकस्मिक बहावको उच्च जोखिम रहने पूर्वानुमान रहेकोले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशका धेरै स्थानमा वर्षा भैरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१ बुधबार ००:००  ९ : १० बजे