८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

कपिलवस्तुको वाणगंगा खोलामा डुबेर एकजनाको मृत्यु



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नः ५ खुटेनीमा एक पुरुषको मृत्यु भएको हो ।

बाणगंगा नगरपालिका वडा नः ५ खुटेनी निवासी अन्दाजी बर्ष ३५ को रामु भन्ने यज्ञ प्रसाद खनालको मृत्यु भएको हो ।

बाणगंगा खोला अन्र्तरगत बनगाई कोपवा जोड्ने भत्केको कजवे नजिक भैसी आहाल बसेको बेला भैसीलाई नुहाई दिनेक्रममा उनको ज्यान गएको प्रहरी कार्यालय कोपवाले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१ मंगलबार ००:००  ९ : ०१ बजे