८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

बार्सिलोनाका कप्तानको घुँडाको शल्यक्रिया सफल



काठमाडौं ।
बार्सिलोनाका गोलरक्षक तथा कप्तान मार्क–आन्द्रे टेर स्टेगनको घुँडाको सफल शल्यक्रिया भएको छ।

आइतबार राति भिल्ला रियलविरुद्धको खेलमा बार्साले जित निकालेको खेलमा उनले चोट बोक्न पुगेका थिए।

पहिलो हाफको अन्तिम समयमा बल क्याच गर्ने क्रममा दाहिने घुँडा भाच्चिएपछि उनलाई स्ट्रेचरमा लगिएको थियो। ३२ वर्षीय जर्मन खेलाडी टेर स्टेगन कहिलेसम्म मैदान फर्कन्छन् भन्ने अहिले नै एकिन भएको छैन।

तर स्पेनिस सञ्चारमाध्यमका अनुसार उनी सात महिना मैदान बाहिर रहन सक्ने बताएका छन्। सन् २०१४ मा बोरुसिया मोन्चेनग्लाडबाचबाट बार्सिलोना आएका थिए। उनले क्लबका लागि ४ सय भन्दा बढी खेल खेलिसकेका छन्।

बार्साले भिल्ला रियललाई ५–१ ले हराँउदै ला लिगामा शतप्रतिशत जित निकालेको छ। ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित मिति : ८ आश्विन २०८१ मंगलबार ००:००  ११ : २६ बजे