८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

राजस्थान जाँदै गरेको बस नवलपुरको विनयी त्रिवेणीमा दुर्घटना



काठमाण्डौ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस विनयी त्रिवेणी–१ विनयीखोला नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।

उहाँका अनुसार बसमा ४५ जना यात्रु रहेकोमा अरु अवस्था सामान्य छ । घाइतेको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१ मंगलबार ००:००  ८ : ४० बजे