८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

शनिबारसम्म पानी पर्ने पूर्वानुमान



काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावको कारण मंगलबार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा तथा केही स्थानहरूमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जानकारी दिएको छ।

महाशाखाले सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।

विभागले सोमबार साँझ विशेष बुलेटिन जारी गर्दै बुधबारदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताएको छ।

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने र कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको बताएको छ।

यसका साथैै असोज १० गतेदेखि २०८१ असोज १२ गते शनिबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बताएको छ। यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएको विभाले जनाएको छ।

२०७८ असोज मसान्तदेखि कात्तिकसम्म परेको अविरल वर्षाले धानबालीमा असर पुर्‍याएको थियो।

त्यतिबेला देशभर ११ हजार ६०९ हेक्टरमा लगाइको धानबालीमा वर्षाले क्षति पुर्‍याएको थियो। लुम्बिनीमा ४२ हजार ४२७, सुदूरपश्चिममा ३६ हजार ४५५, मधेसमा १५ हजार १४६, कोसीमा १३ हजार ९२, कर्णालीमा २ हजार ४६७, गण्डकीमा १ हजार १९२, बागमतीमा ५३० हेक्टरमा लगाएको धानबालीमा क्षति पुगेको थियो।
जसबाट ११ अर्ब ८७ करोडको नोक्सानी बेहोर्नु परेको थियो ।

त्यसैले कृषि कर्महरू सुरू गर्नुभन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न विभागले आग्रह गरेको छ।

तराईका केही भूभागमा र पहाडका केही ठाउँमा धानबाली भित्र्याउने समय हुन लागेकाले धानबाली काट्न नहतारिन मौसमविद्ले सुझाव दिएका छन्। मौसमविद् प्रतिभा मानन्धरले यसवर्ष मनसुन लम्बिने संकेत देखिएको बताएकी छिन्। यस वर्ष मनसुन बाहिरिने सरदर मितिभन्दा पाँच दिन लम्बिने सम्भावना रहेको उनले बताइन्। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ ९असोज १६ गते० हो ।

तर यसपटक असोज २१ गतेसम्म रहने देखिएको उनले बताइन्। यस वर्ष दसैंमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताइन्।

प्रकाशित मिति : ८ आश्विन २०८१ मंगलबार ००:००  ८ : ३५ बजे