७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बाणगंगाकी सरिता पुन एक सातादेखि सम्पर्कविहिन, खोजी गरिदिन परिवारको अपिल



कपिलवस्तु ।

कपिवस्तुको बाणगंगामा विद्यालय जान हिडेकी एक बालिका एकसाता देखि सम्पर्कविहिन भएकी छन् । बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाँउस्थित गिरबहादुर पुनको छोरी वर्ष १५ की सरिता पुन एक साता देखि सम्पर्कविहिन भएकी हुन ।

भदौ ३१ गते बिहान विद्यालय हिडेकी पुन हालसम्म पनि सम्पर्कमा नआएको उनका परिवारजनले बताएका छन् । सरिताले बाणगंगा मावि लौगाइमा कक्षा १० मा अध्ययन गर्छिन् ।

यता सरिताका परिवारले आफ्नो छोरी सम्पर्कविहिन भएको घटना प्रहरीलाई समेत जानकारी गराएका छन् । सरिताका बुवा गिरबहादुर पुन मगरले अहिलेसम्म त्यसरी कहिँ नगएकी छोरी एक्कासी कहाँ गई भन्ने थाहा पाउन नसकको बताए ।

उनले आफ्नो छोरीको खोजि कार्यमा सहयोग गरिदिन पनि आग्रह गरेका छन् । बुवा गिरबहादुर पुन र आमा बसन्ती पुनले सरितालाई कहि कतै फेला पारेमा आफ्नो सम्पर्क नम्बर 9803444696 मा सम्पर्क गरि सहयोग गरिदिन आग्रह गरेका छन् ।

आफूहरुले थाहा भएसम्मका स्थानमा खोजि गर्दा समेत हालसम्म पनि छोरिको अवस्थाबारे थाहा पाउन नसकेको परिवारको भनाइ छ ।

उता इलाका प्रहरी कार्यालय पिपराले समेत घटनाका विषयमा खोजी भइरहेको बताएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१ सोमबार ००:००  १ : ०२ बजे