६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

कपिलवस्तुको सामुदायिक डायलाइसिस सेन्टर सूचीकृत



बाबुराम रायमाझी, जीतपुर ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले कपिलवस्तुको बाणगंगा १ मा रहेको कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टरलाई हेमोडायलाइसिस सेवा प्रदान गर्न सूचीकृत गरेको छ। यो सूचीकरण विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका, २०८०ू अन्तर्गत गरिएको हो। यस अनुसार उक्त सेन्टरले मृगौला रोगका बिरामीहरूलाई हेमोडायलाइसिस सेवा प्रदान गर्न सक्नेछ।

सूचीकरणका केही महत्वपूर्ण शर्तहरू यस प्रकार छन्
१.अस्पतालले हेमोडायलाइसिस सेवा अन्तर्गत कुनै पनि प्रकारको शुल्क लिन पाउने छैन।
२. प्रत्येक हेमोडायलाइसिस सेवाको विवरण विद्युतीय प्रणालीमा अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ।

यो निर्णयले कपिलवस्तु क्षेत्रका मृगौला रोगीहरूलाई स्थानीय स्तरमै गुणस्तरीय र निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले विपन्न नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने सरकारको प्रयासलाई थप बल पुर्‍याउनेछ।

कपिलवस्तु जिल्लाका १० पालिका मध्ये सबै भन्दा बढी डायलाइसिसका बिरामी वाणगंगा नगरपालिकामा रहेका छ्न ।यसको सेवा लिन बुटवल जानुपर्ने बाध्यता थियो ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले कपिलवस्तुको बाणगंगा १ मा रहेको कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टरलाई हेमोडायलाइसिस सेवा प्रदान गर्न सूचीकृत प्रदान गरेपछी वाणगंगा नगरबासी खुशी भएका छ्न ।

लुम्बिनी प्रदेशको मध्य भागमा रहेको कपिलवस्तुको वाणगंगामा यो सेवाले लुम्बिनी प्रदेशका ७,,८ जिल्लाबासिले प्रत्यक्ष सेबा पाउने अपेक्षा लिइएको छ

प्रकाशित मिति : ६ आश्विन २०८१ आइतबार ००:००  ७ : २२ बजे