६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

सहकारी बचत रकम अपचलन प्रकरणः पूर्वडीआईजी जोशी पक्राउ



काठमाण्डौ ।

सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शङ्खमूलबाट पक्राउ गरेको हो ।

उनी गोर्खा मिडियाका पूर्व सञ्चालकमध्ये एक हुन । उनीविरुद्ध कास्कीमा उजुरी परेकाले कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ । आजै गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको थियो ।

संसदीय छानविन समितिले सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१ आइतबार ००:००  ७ : १३ बजे