६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

पहिलो टेस्टमा भारतले बंगलादेशलाई २८० रनले हरायो



काठमाडौँ ।
चेन्नईमा भएको पहिलो टेस्टमा भारतले बंगलादेशलाई २८० रनले हराएको छ।

भारतीय टोलीले दोस्रो इनिङ्समा बंगलादेशलाई २३४ रनमा अलआउट गर्‍यो।

भारतबाट सर्वाधिक ६ विकेट आर। अश्विनले लिए।

रवीन्द्र जडेजाले ३ र जसप्रित बुमराहले १ विकेट लिए।

भारतले पहिलो इनिङ्समा ३७६ रन बनाएको थियो जसको जवाफमा बंगलादेशको इनिङ्स १४९ रनमा अलआउट भएको थियो।

यसपछि दोस्रो इनिङ्समा भारतीय टोलीले २८७ रनमा इनिङ्स घोषणा गर्दै बंगलादेशलाई ५१५ रनको लक्ष्य दिएको थियो।

प्रकाशित मिति : ६ आश्विन २०८१ आइतबार ००:००  १२ : ५४ बजे