६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

श्रीलङ्का राष्ट्रपतीय चुनाव : राजापाक्षे परिवारको बिजोक



काठमाडौं ।
श्रीलङ्कामा शनिबार भएको राष्ट्रपतीय चुनावको मतगणना जारी छ ।

इलेक्शन कमीशन अफ श्रीलङ्काकाअनुसार अहिलेसम्म गणना भएको मतमध्ये ३९ प्रतिशत मत पाएर वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके अग्रस्थानमा छन् ।

विपक्षी दलका नेता साजिथ प्रेमदासाले ३४ प्रतिशत मत पाएर दोस्रो स्थानमा छन् । उनी लगातार मतान्तर घटाइरहेको छन्, दिशानायकेसँग ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेले १७ प्रतिशत मत ल्याएर तेस्रो स्थानमा छन् ।

पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका छोरा नमल राजापाक्षे पाँचौं स्थानमा छन् । उनले गणना भएको मतमध्ये २.३४ प्रतिशत मत मात्रै पाएका छन् ।

१३ जुलाई २०२२ मा भएको बृहत आन्दोलनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भाग्नुपरेको थियो । गोटाबाया भागेर पहिले सिंगापुर पुगे र त्यसपछि थाइल्याण्ड ।

मुद्रास्फीति, बेरोजगारी र अत्यावश्यक वस्तुको चरम अभावका कारण जनआन्दोलन भएको थियो ।

त्यसको दुई वर्षपछि भएको चुनावमा राजापाक्षे परिवारको तर्फबाट नमल होमिएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१ आइतबार ००:००  १ : ४१ बजे