६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मिथिला क्षेत्रमा जितिया पर्वको तयारी शुरु



काठमाण्डौ ।

मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी शुरु भएको छ । पितृपक्ष अर्थात् ९सोह्रश्राद्ध०को अष्टमी तिथिका दिन गरिने मुख्य व्रत यसपालि पर्सि मङ्गलवार परेको छ । अष्टमी तिथि टेकिएकै दिन गरिने व्रत भोलिपल्ट अष्टमी तिथि कटेर नवमीको एक घडी कटाएर मात्र समापन गरिन्छ ।

यसपालिको व्रत अवधि झन्डै ४० घण्टाको हुने र त्यसैअनुसार तयारीमा रहेको महोत्तरीको भङ्गाहा–४ रामनगरकी रसिया चौधरी थारू बताउनुहुन्छ । यो पर्वका बर्तालु आमाले आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज नेपाल, मोरङका अध्यक्ष डा।बालकृष्ण साह बताउनुहुन्छ ।

मिथिलाका सबै जाति समुदायमा पर्वको चलन भएपनि थारू बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ । थारू बस्तीमा जितियाका लागि घर रङरोगन र लिपपोत पितृपक्ष शुरु हुनासाथै गर्न थालिन्छ । जितिया पर्वको ‘ओगटन’ मा दही, चिउरा खाने चलन छ । निराहार व्रत शुरु गरिएपछि समापन नहोउञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१ आइतबार ००:००  ९ : ४७ बजे