९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

हिन्दु धर्मवालम्बीलाई आगोमा किन दाहसंस्कार गरिन्छ ?



काठमाडौं ।

तपाईंलाई थाहा होला, हिन्दु धर्मावलम्बीलाई मृत्युपछि आगोमा दाहसंस्कार गर्ने चलन छ । जब कुनै व्यक्तिको मृत्यु हुन्छ, उसलाई शवदाहमा आगोले दाहसंस्कार गरिन्छ ।

हन्दू धर्मको मान्यताअनुसार आत्मा अमर हुन्छ। हिन्दू धर्ममा आत्मालाई अमर मानिन्छ । अर्थात् आत्मा कहिल्यै मर्दैन, आत्मा एक शरीरबाट अर्को शरीरमा सर्छ ।

त्यो आत्माको कर्ममा निर्भर रहन्छ, यदि उसले राम्रो कर्म गर्‍यो भने मोक्ष प्राप्त हुन्छ । यदि उसले नराम्रो कर्म गर्‍यो भने त्यो आत्मा यस संसारको भ्रममा भट्किरहन्छ ।

एक जीवबाट अर्कोमा जान सक्छ, जसरी मानिसले पुरानो लुगा फेर्छ र नयाँ लुगा लगाउँछ, त्यसरी नै आत्मा पुरानो शरीर छोडेर नयाँ शरीरमा प्रवेश गर्छ ।

यसकारण आगोमा दाहसंस्कार

हिन्दु धर्मअनुसार मानव शरीर पञ्च तत्त्वले बनेको हुन्छ अग्नि, जल, वायु, आकाश र माटो । आत्मा अमर रहन्छ। शरीरलाई आत्माले छाडेपछि यी पाँच तत्त्वहरूमा विलीन हुन्छ, त्यसैले शरीरलाई अग्निमा जलाएर खरानीलाई पानीमा डुबाइन्छ।

प्रकाशित मिति : ५ आश्विन २०८१ शनिबार ००:००  १ : १६ बजे