५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा वर्षा



काठमाण्डौ ।

मनसुनी वायुको प्रभाव कायमै रहेकाले केही ठाउँमा बिहानैदेखि हल्का पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै ठाउँ तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१ शनिबार ००:००  ७ : १८ बजे