४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा



काठमाडौं ।

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका विष्टले शुक्रबार राजीनामा दिएका हुन् । यसअघि २४ भदौमा अध्यक्ष पोख्रेलले पदबाट राजीनामा दिएका थिए ।

विष्टको राजीनामा पत्र:

प्रकाशित मिति : ४ आश्विन २०८१ शुक्रबार ००:००  २ : ४० बजे