३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

दाङमा मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु



बुटवल ।

लमहीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका घोराहीका दुई युवकको मृत्यु भएको छ ।

गम्भीर घाइते मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १८ नवलपुरका २२ वर्षीय श्रवणकुमार पुन र घोराही – ४ का २१ वर्षीय विनोद केसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

लमही–घोराही सडक खण्ड अन्तर्गत लमहीबाट घोराही तर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई लमही नगरपालिका – ६ बेलदार नजिकै बिहान साढे सात बजेतिर दुर्घटनामा भएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१ बिहिबार ००:००  ७ : १६ बजे