३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बुटवलमा कुलोमा खसेर ४ वर्षीया बालिकाको निधन



बुटवल ।

बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार बुटवल ११ की ४ वर्षीया विविशा खरेलको खेल्ने क्रममा कुलोमा खसेर मृत्यु भएको हो ।

विहीबार विहान खेल्ने क्रममा खसेकी बालिकाको उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । बालिकाको उपचारको क्रममा दिउँसो पौने १ बजे अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख पडिण्तले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१ बिहिबार ००:००  ७ : ११ बजे