३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

दलित अधिकारको माग गर्दै माइतीघरमा प्रदर्शन



काठमाण्डौ ।

काठमाण्डौको माइतीघरमा आज ‘दलितका लागि दलित अभियान, नेपाल’ ले संविधानले व्यवस्था गरेका दलितसम्बन्धी विभिन्न हक र अधिकार कार्यान्वयन नगरेको भन्दै प्रदर्शन गरको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस अवसरमा सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै अभियानले प्रदर्शन गरेको हो ।

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, राजदूत नियुक्ति गर्दासमेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति, कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले विभिन्न प्ले–कार्डसहित र्‍याली निकालेर दलितलाई खै रु भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले सरकारलाई दलितलाई खै रु भन्दै प्रश्न गरेका छन । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले करिब एक महिनादेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर दलितलाई खै भन्दै प्रदर्शन गर्दै आउनु भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१ बिहिबार ००:००  ७ : ०८ बजे