३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

भैरहवाबाट लागुऔषधसहित तीनजना पक्राउ



बुटवल ।

रूपन्देही प्रहरीले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

मर्चवारी गाउँपालिका -१ का २६ वर्षीय शैलेश कुमार सहानी, कोटईमाई गाउँपालिका २ का २१ वर्षीय रामकरण हरीजन र भारतको महाराजगंज थाना नौतनवा ग्राम बरवाभुज १३ का ३० वर्षीय सुरज कुम्हाललाई पक्राउ गरेको रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टले जानकारी दिए।

उनका अनुसार मंगलबार सिद्धार्थनगर नगरपालिका ४ लुम्बिनी रोडबाट उनीहरूलाई अवैध तरिका लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका प्रहरी पुगेको थियो। सोही आधाराम जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो भैरहवाबाट गएको संयुक्त टोलीले लु ३३ प ७२३ नम्बरको स्कुटर र लु ११ प ४१०२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको उनको भनाइ छ।

प्रहरीले उनीहरूबाट ६०० एम्पुल फेनरागन, ६०० एम्पुल डाइजेपाम, ६०० एम्पुल टालजेसिक र १ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ समेत गरेको प्रहरी नायब उपरिक्षक भट्टले बताए।

पक्राउ परेका तीनैजनालाई जिल्ला अदालत रूपन्देहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको जनाइएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८१ बिहिबार ००:००  ४ : ०८ बजे