३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

केरलाको तिरुवनन्तपुरम र बाणगङ्गा नगरपालिकाबीच सिकाई आदानप्रदान



केरला ।

केरलाको तिरुवनन्तपुरम र नेपालको बाणगङ्गा नगरपालिकाबीच सिकाइ आदानप्रदान भएको छ । तिरुवनन्तपुरम नगरपालिकाका पदाधिकारी र सेक्रेटरीले भ्रमण टोलिलाई स्वागत सम्मान गरेको थियो ।

स्वागत पछि तिरुवनन्तपुरम नगरपालिकाले आफ्नो कुडुम्बश्री मिसन जस्ता सामुदायमा आधारित कार्यक्रमहरू मार्फत विपन्न समुदायहरूको आर्थिक सशक्तीकरणमा उल्लेखनीय प्रगति गरेको बताएका थिए। उक्त मिसनले महिला सशक्तीकरण, लघु उद्यमशिलता र सामाजिक विकासका लागि एक सफल नमुना प्रस्तुत गरेको छ। कुडुम्बश्री कार्यक्रमको सफलता र समुदायमा पारेको सकारात्मक प्रभावले बाणगङ्गा नगरपालिकाका प्रतिनिधिहरूलाई विशेष रूपमा प्रेरित गरेको थियोे ।

केरला सरकारको समेत सहयोग रहेको उक्त मिसन अन्तर्गत तिरुवनन्तपुरमले समुदायमा पहुँचविहीन र विपन्न वर्गलाई उद्यमशीलतामा संलग्न गराउने कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले आर्थिक रूपान्तरणमा ठूलो भूमिका खेलेको छ।

कुडुम्बश्री मिसन र सामुदायिक विकास National Urban Livelihood Mission (NULM) अन्तर्गत तिरुवनन्तपुरम नगरपालिकामा कुडुम्बश्री मिसनलाई सफलतापूर्वक लागू गरिएको छ। यस कार्यक्रमले पछाडि पारिएका र पहुँचविहीन समुदायहरूलाई उद्यमशीलतामा सहयोग पुर्याउँछ। यो मिसन त्रिवेन्द्रमसहित केरालाका १४ जिल्लामा लागू गरिएको छ। तिरुवनन्तपुरममा २५ वटा सामुदायिक विकास केन्द्र (CDC) मार्फत कुडुम्बश्री मिसन सञ्चालन गरिएको छ।

कुडुम्बश्री कार्यक्रमले २० जनासम्मको समूह गठन गरी समुदायको आर्थिक विकासमा योगदान पुर्याउँछ। विभिन्न समुहहरूले आफ्नो समस्याहरूमा छलफल गर्दछन्, कोष खडा गर्छन्, सानो सानो रकम संकलन गरेर ऋण लिन्छन् र लघु उद्यमहरू सञ्चालन गर्दछन्। यी समुहहरूले सरकारको मापदण्ड पूरा गरेपछि १०,००० रुपैयाँसम्मको ऋण प्राप्त गर्न सक्छन्। यो प्रक्रिया विपन्न समुदायको लागि जीविकोपार्जनमा ठूलो सहयोग पुर्याउने माध्यम बनेको छ।

उद्यमशीलता र वित्तीय सहयोग

कुडुम्बश्री मिसन अन्तर्गत महिलाहरूको समूहलाई लघु उद्यम सञ्चालनका लागि ऋण र सीपमूलक तालिम प्रदान गरिन्छ। समुहमा सहभागी महिलाहरूले मासिक, साप्ताहिक हाटमा आफ्नो उत्पादनको विक्री गर्छन्, जसले गर्दा उनीहरूको आर्थिक स्थिति मजबुत बन्नेछ। कुडुम्बश्री कार्यक्रमले कृषि उत्पादनदेखि अन्य क्षेत्रका उत्पादनहरूको बजार व्यवस्थापनमा समेत सहयोग पुर्याउँछ।

तिरुवनन्तपुरम नगरपालिकाले कुडुम्बश्री कार्यक्रमलाई मात्रै होइन, अन्य सरकारी परियोजनाहरूलाई समेत सहकार्य गरिरहेको छ। नगरपालिकाका अध्यक्ष मेदायल विक्रमनले कुडुम्बश्री मिसनले नगरपालिकामा सकारात्मक प्रभाव पारेको बताएका छन्। साथै, नगरपालिकाले समुदायमा सरसफाइ, वातावरण संरक्षण, र सामाजिक विकासका सवालमा पनि तालिम र कार्यक्रमहरू सञ्चालन गर्छ।

साप्ताहिक रूपमा समुहहरूको प्रगति हेर्ने र फलोअप गर्ने कार्यलाई पनि नगरपालिकाले प्राथमिकता दिएको छ।
कुडुम्बश्री मिसनले तिरुवनन्तपुरम नगरपालिकामा आर्थिक सशक्तीकरण र महिला उद्यमशीलतामा ठूलो योगदान पुर्याएको छ। तिरुवनन्तपुरम नगरपालिकाको आन्तरिक कार्यक्रमहरूमध्ये सडक बालबालिका, बेरोजगारी र लागुऔषध जस्ता समस्याहरूलाई समाधान गर्ने लक्ष्य छ।

सिकाई आदानप्रदान कार्यक्रममा बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा अध्यक्ष सन्जु कुमार सारु, छवि रेश्मी मगर , योजना अधिकृत शान्ता राज आचार्य, सिद्धार्थ सामाजिक विकास केन्द्रकि सुर्य कुमारी शाही , पुर्व अध्यक्षहरुर कार्यसमिति, सिनियर कर्मचारी लगायतको सहभागिता रहेको छ ।
संस्थाले सामाजिक उद्धमशिलता र प्लास्टिक न्यूनीकरण मिसनको अध्ययन भ्रमण र सिकाई आदानप्रदानमा दक्षिण भारतको केरला र बेङ्लोर पुगेको छ ।

तिरुवनन्तपुरम नगरपालिकाको महिला मेयर आर्य राजेन्द्रन हुन् । तिरुवनन्तपुरम, जसलाई त्रिवेन्द्रम पनि भनिन्छ, केरलाको राजधानी हो। यो नगरपालिकामा १०० वटा वडा रहेका छन्,१०० जना वडा अध्यक्षहरू निर्वाचित हुने गर्दछन्। यहाँको मेयर वडाध्यक्षहरूबाट निर्वाचित हुन्छन्। २०२० मा भएको स्थानीय निर्वाचनमा भारतीय कम्युनिष्ट पार्टी ९सि।पि।आई।० बाट निर्वाचित आर्य राजेन्द्रन तिरुवनन्तपुरम नगरपालिकाको मेयर बनेकी थिइन्। उनी सबैभन्दा कम २१ वर्षको उमेमा मेयरमा निर्वचित भएर परिचित छिन्।

मेडयिल विक्रमन त्रिवेन्द्रम नगरपालिकाको कार्य समिति अध्यक्ष हुनुहुन्छ। नगरपालिकाका विभिन्न योजना तथा कार्यक्रमहरूको नेतृत्व गर्नुहुन्छ ।
नगरपालिकाको कार्य समिति नगरपालिकाको प्रमुख निर्णय लिने निकाय हो। नगरपालिकामा महिलाहरूको उल्लेखनीय भूमिका छ। १०० सिटमा सम्पन्न चुनावमा ४० महिलाहरू वडाध्यक्षको रूपमा निर्वाचित भएका छन्, जसले न्यायिक समितिमा समेत सहभागिता जनाएका छन्। यस नगरपालिकामा ८ वटा विषयगत समिति रहेका छन्, जसले विभिन्न क्षेत्रका विषयमा काम गर्दछन्।

प्रकाशित मिति : ३ आश्विन २०८१ बिहिबार ००:००  ९ : २५ बजे