३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सहकारी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय



काठमाण्डौ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सांसद सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा बनेको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

संसदीय विशेष समितिले सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्षसहित पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेसहित जीबी राई, कुमार रम्तेल र छविलाल जोशीलाई कारबाही गर्न सिफारिश गरेको छ ।

विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै छानबिन गर्नका लागि प्रतिनिधिसभाले गएको जेठ १५ गते सहकारी छानबिन विशेष समिति गठन गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१ बिहिबार ००:००  ९ : ०० बजे