३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

तुलसीपुरमा रहेको श्री मावि सामुदायिक विद्यालयतर्फ उत्कृष्ट घोषणा



काठमाण्डौ ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको श्री मावि सामुदायिक विद्यालयतर्फ उत्कृष्ट घोषणा भएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले श्री मावि तुलसीपुर प्रथम, काठमाण्डौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन मावि दोस्रो र दाङकै जनकल्याण मावि तेस्रो भएको घोषणा गरेको हो ।

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्राप्त गरेको नतिजाका आधारमा श्री मावि विद्यालय देशभरमा प्रथम भएको शिक्षा मन्त्रालयले जनाएको छ । पहिलो हुने विद्यालयले तीन लाख, दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।

दिवसका अवसरमा मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । तर आर्थिक अभाव भएकोले पुरस्कार तथा पदक वितरण गर्ने मिति भने टुङ्गो नलागेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१ बुधबार ००:००  ३ : ३५ बजे