३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नरेशका वकिलको दाबीः ममता काफ्ले जीवितै छिन्



काठमाडौं ।

अमेरिकाको भर्जिनियाकी ममता काफ्ले बेपत्ता प्रकरणमा पक्राउ परेका उनका श्रीमान् नरेश काफ्लेका वकिलहरुले अदालतमा ममता जीवितै रहेको दाबी गरेका छन् ।

नरेश पक्षका वकिल बेन अब्राहमले २७ जुलाईमा ममता एक अपरिचित महिलासँग निस्किएको जिकिर गर्दै उनले आफैं घर छाड्ने तयारी गरिरहेको अदालतमा दाबी गरेका छन् ।

फरेन्सिक जाँचपछि प्रहरीले नरेशलाई ७ भदौमा घरबाट पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनको घरबाट कार्पेट र रगतको टाटा देखिने अन्य प्रमाणहरु पनि संकलन गरेर लगेको थियो । त्यसको आधारमा प्रहरीले ममता जीवित नरहेको हुनसक्ने बताएको थियो ।

तर, उनको पक्षका वकिलले भने अदालतमा नरेशनले ममतालाई कुनै हानी नपुर्‍याएको दाबी गरेका छन् । नरेशविरुद्ध अहिले शरीर लुकाएको आरोपमा मुद्दा चलिरहेको छ । यो बीचमा प्रहरीले ममताको खोजीका लागि ठाउँ ठाउँमा सर्च अपरेशन चलाइरहेको छ । अदालतमा पुगेकी विना खड्काले सुनुवाइले आफूलाई आक्रोशित बनाएको वासिङ्टन पोस्टसँग बताएकी छन् ।

प्रकाशित मिति : १ आश्विन २०८१ मंगलबार ००:००  १ : ३९ बजे