३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

रवीदत्त मिश्राले त्यागे लोसपा, लागे राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तितिर



मायादेवी अनलाइन, बाणगंगा ।
रवीदत्त मिश्राले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका छन् । विं.सं. २०७९ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा कपिलवस्तु ३ को ‘क’ बाट झिनो मतान्तारले लुम्बिनी प्रदेश सभा सदस्यमा पराजित भएका मिश्रा राजेन्द्र महतोतिर लागेका हुन् ।

महतोले हालै मात्र राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक संगठन खोलेका छन् ।

लुम्बिनी प्रदेशकै लोसपाका प्रभावशाली नेता समेत रहेका मिश्रा यस अगाडि पनि राजेन्द्र महतोकै दल सद्भावना पार्टीमा आवद्ध थिए ।

पछिल्लो समय राजपा, जसपा हुँदै लोसपा हुन पुगेका मिश्रा अन्ततः फेरि राष्ट्रिय मुक्ति क्रान्ति नेपालतिर लागेका हुन् ।

लोसपा गुटबन्दी र व्यक्तिवादमा लिप्त भएको कारण आफूले पार्टी छाडेको उनले मायादेवी अनलाइनलाई बताए ।

‘लोसपामा गुटबन्दी बढ्यो, व्यक्तिकेन्द्र हावी भए, नेता मिश्राले भने’, ‘देश र जनताको भलो यसबाट हुँदैन् भनेर राजेन्द्र महतोतिर लागे ।’

उनले आफू सद्भावना पार्टीबाट राजनीति गरेको कारण राजेन्द्र महतोतिर लाग्नू स्वभाविक भएको समेत बताए ।

राजेन्द्र महतोको नेतृत्वमा रहेको यस संगठनले बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति भनेको छ । जुन विवादास्पद अजेण्डा हो ।

काठमाडौंमा आजदेखि शुरु भएको राष्ट्रिय समिति बैठकमा मिश्रापनि उपस्थित भएका छन् ।

यता मिश्राकी धर्मपत्नी मञ्जु मिश्राले लोसपाबाट वडाध्यक्ष जितेकी छिन् । मिश्रा जिल्लाको शिवराज नगरपालिका वडा नं. १० कि वडाध्यक्ष छिन् ।

प्रकाशित मिति : १ आश्विन २०८१ मंगलबार ००:००  १ : २८ बजे