३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

लुम्बिनीमा गिरीले दिइन् कांग्रेस सचेतकबाट राजीनामा



बुटवल ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन् ।

संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले सोमबार राजीनामा बुझाएकी हुन् ।

गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेर राजीनामा दिएकी छन् । स्रोतका अनुसार प्रदेश मन्त्रिपरिषद गठनमा पार्टीबाट महिलालाई स्थान नदिएकोमा उनी असन्तुष्ट थिइन् ।

गिरीलाई संसदीय दलले २०७९ साल चैत २९ गते सचेतकको जिम्मेवारी दिएको थियो । सरकारमा कांग्रेसबाट अझै दुई जना मन्त्री पठाउन बाँकी छ । त्यसमा महिलालाई प्राथमिकता दिन सांसदहरुले संसदीय दलका नेता चौधरीको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १ आश्विन २०८१ मंगलबार ००:००  १० : ०४ बजे