२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

सुनको भाउ तोलाको एक लाख ५७ हजार तीन सय पुग्यो



काठमाणडौ ।

सुनको भाउमा दिनदिनै नयाँ कीर्तिमान बन्न थालेको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ ।

हिजो पनि सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ रहेको थियो । सुनको भाउ हिजोको तुलनामा आज पाँच सय रुपैयाँले बढेर हिजोको रेकर्ड तोडिएपछि आज नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१ सोमबार ००:००  ११ : ५६ बजे