२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी, सिटी र युनाइटेड विजयी

काठमाण्डौ ।

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा गएराति भएका खेलमा चेल्सी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् ।

चेल्सीले बर्नमाउथलाई १–० गोलले हरायो । चेल्सीका लागि क्रिस्टोफर एनकुन्कुले गोल गरे । यो जीतसँगै चेल्सी ४ खेलमा ७ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । बर्नमाउथ ४ खेलमा ५ अङ्कसहित ११ औं स्थानमा छ ।

यस्तै म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ गोलले हरायो । सिटीका लागि एर्लिङ हाल्यान्डले दुई गोल गरे । ब्रेन्टपोर्डका योएस वेइसाले गोल गरे ।

यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले साउथ्याम्पटनलाई ३–० गोलले हरायो । युनाइटेडका लागि म्याथेस डी लिग्ट, मार्कस रशफोर्ड र एलेजान्ड्रो गर्नाचोले गोल गरे । यो जीतसहित युनाइटेड ४ खेलमा ६ अङ्कसहित तालिकाको १० औं स्थानमा छ ।

यस्तै नटिङघम फरेस्टले लिभरपुललाई १–० गोलले हरायो । नटिङघमका लागि कालम हड्सन ओडीले गोल गरे । यो जीतसहित नटिङघम ४ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । लिभरपुल ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ ।

यस्तै एस्टन भिल्लाले एभर्टनलाई ३–२ गोलले हरायो । अन्य खेलमा फुलहम र वेस्ट ह्यामले १र१ गोलको, क्रिस्टल प्यालेस र लेस्टर सिटीले २र२ गोलको तथा ब्राइटन र ईपस्वीच टाउनले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१ आइतबार ००:००  ६ : ३७ बजे