३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण



एजेन्सी ।

लामो समयदेखि पश्चिमा देशहरूको आलोचना खेप्दै आएको एयरोस्पेसु कार्यक्रमका लागि इरानले नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको छ ।

चाम्रन–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको इरानको राष्ट्रिय टेलिभिजनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । रक्षा मन्त्रालयसँग सम्बद्ध इरानी विद्युतीय उद्योगले यो उपकरणको डिजाइन तथा निर्माण गरेको हो ।

अमेरिकालगायत पश्चिमा सरकारहरूले यही प्रविधि ब्यालिस्टिक क्षेप्यास्त्रका लागि प्रयोग गर्न सकिने भन्दै इरानलाई यस्ता प्रक्षेपणविरुद्ध बारम्बार चेतावनी दिँदै आएका छन् ।

इरानले आणविक अस्त्रको खोजी नगरेको र आफ्नो स्याटेलाइट र रकेट प्रक्षेपण नागरिक वा प्रतिरक्षा प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ । इरानले वर्षौंदेखि आफ्नो अन्तरिक्ष गतिविधिलाई शान्तिपूर्ण र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावअनुसार रहेको बताउँदै आएको छ ।

अन्तिम अपडेटस् भदौ ३०, २०८१

प्रकाशित मिति : ३० भाद्र २०८१ आइतबार ००:००  ६ : ३४ बजे