२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

एमाले विजयनगरको अध्यक्षमा खन्गाहा निर्वाचित



खडैचा ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) विजयनगर गाउँ कमिटीको अध्यक्षमा पुनः थर्क बहादुर खन्गाहा चयन भएका छन् । शुक्रबार सम्पन्न दोस्रो अधिवेशनबाट खन्गाहालाई नेकपा एमाले विजयनगर गाउँ कमिटीको अध्यक्ष पदमा चयन गरिएको हो । खन्गाहाको नेतृत्वमा सर्वसम्मत ५१ सदस्य गाउँ कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा दिनेश कुमार चौधरी, सचिवमा गोकर्ण प्रसाद सापकोटा, उपसचिव महिला प्रमिला पौडेल र खुला तर्फ गोपाल प्रसाद कोइराला र अन्य सदस्यमा सर्वसम्मत चयन भएका छन् । यस्तै खिमलाल कंडेलको अध्यक्षतामा ५ सदस्य लेखा समिति समेत गठन गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सचिव तथा अध्यक्ष मण्डलका संयोजक चन्द्र बहादुर गहतराजले नव निर्वाचित गाउँ कमिटीका पदाधिकारी सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल बहादुर थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । नवगठित कमिटीले पार्टीलाई मजबुत र एकताबद्ध बनाउँदै स्थानीय स्तरमा दिगो विकास र सामाजिक एकताको महत्त्वपूर्ण कदमको रूपमा लिनुपर्नेमा जोड दिए । अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए भने सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी एक दर्जनबढि नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०८१ शनिबार ००:००  १० : १० बजे