२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

दाङको टरिगाउँ विमानस्थलबाट हप्तामा दुई दिन उडान हुने



दाङ ।

दाङको टरिगाउँ विमानस्थलबाट अब हप्तामा दुई दिन उडान हुने भएको छ । शुक्रवार मात्र उडान हुँदै आएको दाङको टरिगाउँ विमानस्थलमा अब मङ्गलवार पनि उडान हुने भएको हो ।

नेपाल एयरलाइन्सले शुक्रवार मात्र नभई अब आउँदो मङ्गलवारदेखि मङ्गलवार पनि उडान गर्ने नेपाल वायुसेवा निगम दाङका प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो । नेपाल एयरलाइन्सले दाङ–काठमाण्डौ उडान गर्दै आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१ शनिबार ००:००  २ : ४० बजे