२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

एमाले कृष्णनगरको अध्यक्षमा चन्देल निर्वाचित



कृष्णनगर ।

नेकपा एमाले कृष्णनगर नगरकमिटिको दोश्रो नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ । भाद्र २७ र २८ गते उद्योग वाणिज्य संघको सभाहलमा आयोजित नगर अधिवेशनले २५ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । विहिबार पदाधिकारीमा सहमती नभएपछि शुक्रबार विहान अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन भएको थियो ।
नेकपा एमाले कृष्णनगर नगर कमिटीको अध्यक्षमा गोपाल प्यारे चन्देल निर्वाचित भएका छन् । उनले ७७ मत प्राप्त गरेका थिए । उनका प्रत्यासी मेहताव आलम खाँ ले ४९ मत प्राप्त गरे । उपाध्यक्ष पदका उम्मेदवार समसुल हुदाले ९९ मत प्राप्त गरे भने रामलौटन यादवले २७ मत प्राप्त गरे । सचिव दिपेन्द्र कुमार चौधरी कुर्मीले ८७ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्यासी प्रहलाद प्रसाद पाण्डेयले ३९ मत प्राप्त गरेको निर्वाचन कमिटीका संयोजक जिल्ला निर्वाचन विभाग उपप्रमुख भिष्मराज भुसालले जानकारी दिए ।
२ उपसचिव पदमा भने सर्वसम्मत निर्वाचित भएका छन् । उपसचिव खुला तर्फ निखिलेश देव पाण्डे र महिला उपसचिवमा रेनु बैस्य निर्वाचित भइन् । त्यस्तै नगरकमिटी सदस्यहरुमा मुन्नी कोरी, मनोज कुमार जैयसवाल, नुरुल हुदा, विकास कुमार गुप्ता, कृष्णादेवी सिंह, ज्योति कोरी, मोहम्मद इद्रीस अहमद, मोहम्मद हुसेन, कलावती कहार, सराज अहमद, दिपेन्द्र प्रसाद मिश्रा, साहबुद्धिन मुसलमान, सहदेव यादव, चित्ररेखा हरिजन र अब्दुल सलाम सर्वसम्मत निर्वाचित भएका छन् ।
प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य शुशील कुमार श्रीवास्तवले निर्वाचित पदाधिकारी तथा सस्यलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मिसन ८४ सफल बनाउन निर्वाचित कमिटीले संगठन निर्माणमा जोड दिनुपर्ने बताए । उनले निर्वाचन एउटा लोकतान्त्रिक विधि भएकाले सवै पक्षलाई मिलाएर पार्टीमा एकताबद्ध बनाउन नेतृत्वलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८१ शनिबार ००:००  ८ : ०१ बजे